पोखरा महानगरः शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो
काठमाडौँ। पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् । मेयर धनराज आचार्यकाअनुसार पछिल्लो समय सामुदायिक ९सरकारी० विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन् । कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको छ ।
जहाँ २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको छ । यसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताउनु भयो । यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पु¥याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ शिक्षाको कुरा गर्ने हो भने हामी आईसकेपछि सरकारी विद्यालयमा ८ हजार विद्यार्थी प्लस भएका छन् । हाम्रा थुप्रै सरकारी विद्यालयहरुमा भर्ना गर्न पाइँदैन । २ हजारभन्दा बढी विद्यार्थी भएका थुप्रै विद्यालयहरु छन् । एजुकेशनमा पनि हामीले ५५ वटा विभिन्न बुँदाहरुमा सुधार गरेका छौँ । जसका कारणले गर्दा हाम्रा विद्यालयहरु पनि कन्फिडेन्ट हुँदैछन् । भइरहेका छन् । यी त हाम्रा बजेटले गर्ने कुराहरु भए । हिजो अघिल्लो कार्यकालसम्म माथिले दिएन भन्ने थियो । हामी आएपछि मैले पहिलो बैठकबाटै अघिल्लो कार्यकालमा अध्यक्षहरुले पाँच वर्षमा पाएको बजेट मेरो कार्यकालका वडा अध्यक्षहरुलेपहिलो वर्षमा नै पाएका छन् । एउटा अध्यक्षले २५ वर्षमा पाउने बजेट एकै वर्षमा हामीलेवडामा पठाएका छौँ । वडा स्तरका तलतलसम्मका सबै काम बनेका छन् । वडा बनेपछि महानगर आफैँ भन्ने हो नि । अनि वडा र वडाध्यक्ष सफलहुने, महानगर असफल हुने हो र । होइन नि ।’
उहाँका अनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन् । एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामहरूलाई तिब्रता दिइएको छ । वडा बलियो र सफल भए मात्र महानगर सफल हुने मेयर आचार्यको भनाइ छ । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ
-
२.
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन
-
३.
प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक
-
४.
पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
-
५.
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ।...
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
पश्चिम नेपालमा लगातार भूकम्प
काठमाडौं। १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल...
नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब
काठमाडौँ। परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन...




