निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ।
महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिनुभएको हो।
अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताउनुभयो। उहाँले एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने भनाइ छ। आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उहाँले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गर्नुभयो।
विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिनुभयो। निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उहाँको निष्कर्ष छ।
अध्यक्ष ढकालले भन्नुभयो, `हाम्रो हुनेवाला अध्यक्षज्यूलाई पनि म भन्न चाहन्छु, हाम्रो उपाध्यक्षको क्यान्डिडेटहरुलाई पनि म भन्न चाहन्छु अहिले चुनाव भन्दा हामी सर्वसम्मत हिसावमै जाने हो कि? सर्वसम्मत नेतृत्वमा जान यदि सक्यौँ भने हामी हाम्रो भ्वाइसलाई एउटै भएर चाहिँ लिएर जान सकिन्छ कि?’
अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको बताउनुभयो।
ताजा अपडेट
-
१.
रवि र जीबीविरुद्ध सहकारीको मुद्दा हाल्ने व्यक्ति नै सहकारी ठगीमा पक्राउ
-
२.
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन
-
३.
प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक
-
४.
पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग
-
५.
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेको निर्देशन
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ।...
पश्चिम नेपालमा लगातार भूकम्प
काठमाडौं। १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल...
नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब
काठमाडौँ। परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन...
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ
काठमाडौँ। वन तथा वातावरण मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले आगामी चालु आ।व।मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको...




