अर्थ

निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
महासंघको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले व्यवसायीहरूबीच एकता (सोलिडारिटी) भए मात्र सरकारले निजी क्षेत्रको आवाज सुन्ने र महत्व दिने बताउनुभएको हो ।

उहाँले वर्तमान सरकारले निजी क्षेत्रलाई ‘ड्राइवीङ फोर्स’ को रूपमा लिएर ५ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको स्मरण गराउँदै यो लक्ष्य उद्योग, रोजगारी, उत्पादन र निर्यात बढेमा मात्र सम्भव हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीमा पनि भिन्नता भयो र अलग–अलग बाटोमा गयौँ भने सरकारले हामीलाई कमजोर पक्षको रूपमा हेर्छ । त्यसैले हामी सबै व्यवसायी एकीकृत भएर सोलिडारिटीका साथ अगाडि बढौँ । यो टिम एउटा बलियो टिम हो। उनीहरूले जिल्लाका समस्याहरूलाई नीतिगत तहसम्म पु¥याउन र वस्तुगत क्षेत्रका एजेण्डाहरूलाई अगाडि बढाउन सक्षम छन् ।’

उहाँले आगामी दिनमा महासंघलाई अझ सशक्त रूपमा अगाडि बढाउन यो टिमको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...

राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

काठमाडौँ। संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली फुटबलमा नै धराशायी...