राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव
काठमाडौँ। संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली फुटबलमा नै धराशायी बनाउने काम गरेको आरोप लगाएका छन् ।
श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले सहिद स्मारक महिला लिग र राष्ट्रिय लिग रोक्न निर्देशन दिएपछि नेपालको घरेलु फुटबल ठप्प छ । संकटाले श्रम स्विकृतिका लागि आफूहरूले पटकपटक प्रयास गरे पनि राखेपले राजनीति स्वार्थका कारण रोकेको आरोप लगाएको छ । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले करिव दुई महिनादेखि श्रम स्वीकृतिका लागि आवश्यक कागजात दिएपनि अनेक बाहनामा राखेपले रोकेको बताए । एउटा व्यक्ती जाँदा श्रम स्वीकृतिका लागि सिफारिस दिने तर संस्थालाई भने रोकेको संकटाको भनाइ छ । राखेप कर्मचारीको खराब प्रवृत्तिकै कारण नेपाली गतिविधि प्रभावित भएको संकटाले आरोप लगाएको छ ।
संकटाले दुई वटा लिगमा महिला र पुरुष टोली निर्माणका लागि झन्डै दुई करोड खर्च गरे पनि राखेपकै कारण त्यो डुब्न लागेको जनाएको छ । संकटाले दुई हप्ताभित्र लिग सञ्चालन गर्न नसके आफूहरूले विदेशी र स्वदेशी दुवै खेलाडीलाई रिलिज गर्ने उल्लेख गरेको छ । विदेशी खेलाडीहरूले पटकपटक श्रम स्विकृतिबारे सोध्ने गरेको र त्यसमा आफूहरूले जबाफ दिन नसकेको संकटाले उल्लेख गरेको छ । के हामीलाई पक्राउ गर्छ हो भन्ने विदेशी खेलाडी प्रश्न गर्ने गरेको र त्यसको कारण राखेप नै बनेको उनीहरूको आरोप छ । संकटा क्लबका अध्यक्ष इन्द्रमानले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको रिस क्लबमाथि थुपारेर राखेपले अन्याय गरेको बताए ।
जतिसक्दो चाडो एन्फा र राखेपलाई समस्या समाधानका लागि उनले आग्रह गरेका छन् । संकटाका अध्यक्ष तुलाधारले श्रम स्वीकृतिका लागि सिफारिस लिन जाँदा खेलकुद मन्त्रालयका सचिवले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । विदेश खेलाडीमाथि रंगभेदी टिप्पणी गरेको उनले खुलासा गरेका छन् । उनले राखेपका संघ संस्था प्रमुखले पनि गलत व्यवहार गर्ने र झुलाउने काम गरेको उल्लेख गरेका छन् ।
संकटा महिला फुटबल टोलीकी कप्तान यशोदा शाही ठकुरीले लिगका लागि धेरै मिहेनत गरेर लामो समयदेखि तयारी गरे पनि अहिले बिचमा नै अबरोध हुँदा खेलाडीहरू समस्यामा परेको बताइन् । उनले आफूहरूले जतिसक्दो छिटो खेल हुने वातावरण बनाइदिन आग्रह गरेका छन् । विदेशी खेलाडीले कहिले शुरु हुन्छ भनेर सोध्ने गरे पनि आफूले जबाफ दिन नसकेको उनी बताउँछन् ।
राष्ट्रिय लिग खेलिरहेको संकटा पुरुष टोलीका कप्तान टिकेन्द्र थापाले जतिसक्दो चाडो खेल हुने वातावरण बनाइदिने सरोकारावालामा अपील गरेका छन् । प्रशिक्षक रवीन्द्र सिलाकारले एउटा क्लबले आवश्यक सबैपूर्वाधारका साथै बलियो टिम निर्माणका लागि करडौ खर्च गरेको अवस्थामा राज्यले अवरोध पु¥याउनुले नेपाली फुटबल अध्यारोतर्पm धकेलिने सक्ने बताएका छन् ।
संकटाले पछिल्ला समय नेपाली फुटबलमा ठूलो लगानी गर्दै आएको छ । एकेडेमी सञ्चालन र आफ्नै मैदान रहेको संकटाले विभिन्न उमेर समूहका प्रतियोगितामा प्रतिष्पर्धा, शहीद स्मृति महिला लिग र राष्ट्रिय लिगमा टोलीलाई खेलाइरहेको छ । महिला र पुरुष दुवैमा विदेशी खेलाडी भित्राएर लिग खेल्न नेपाली फुटबलमा संकटा क्लब मात्र हो । महिला लिग र राष्ट्रिय लिग खेल्न झन्डै दुई करोड बराबरको लगानी गरे पनि राखेपको राजनीति स्वार्थका कारण डुब्न लागेको आरोप लगाएको छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...
निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः भवानी राणा
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।...




