‘लाज शरणम्’मा ‘धुर्मस’ मधेशी नेता अफतावको अवतारमा
काठमाडौं। सीताराम कट्टेल ‘धुर्मस’ फरकफरक अवतारमा देखिन सक्ने अभिनेता हुन्। एउटै सिरियलको एकै भागमा उनी फरकफरक रूपमा देखिएका उदाहरण छन्। अभिनयबाट केही समय ब्रेक लिएका धुर्मस अहिले भने फेरि फरक शैलीको पात्र बनेर ठूलो पर्दामा आउँदैछन्।
उनी शिवरात्रीको दिनबाट प्रदर्शनरत ‘लाज शरणम्’मा मधेशी मुलको नेता बनेर आउँदैछन्। जुन कुरा उनको फिल्मको टिजरले देखाएको छ। निर्माण पक्षले बिहीबार एक मिनेट ५० सेकेन्ड लामो सार्वजनिक गरेको टिजरमा उनी हाल जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको ‘स्वरुप’मा देखिएका छन् । उनले फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेको टिजरले खुलाउँछ।
टिजरमा फिल्मका कलाकारहरू नायक विजय बराल, मकुन्द श्रेष्ठ, सीताराम कट्टेल ‘धुर्मुस’, अपर्ण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, सागर लम्साल ‘बले’लाई प्रमुख स्थान दिइएको छ ।
ग्रामिण वृद्धको भूमिकामा रहेका कमलमणिले नेपालले विदेश जान लागेका छोरालाई कुनै समस्या नपरोस् भनेर कामना गरेको दृश्यबाट टिजरको सुरुवात हुन्छ ।गाउँमा आइपुगेको कफिन खोलेपछि विजय, अपर्ण र महेश आश्चर्यमा पर्छन्।
टिजरबाट हरिस निरौला कक्रोज अघोरीको भूमिकामा, अर्जुन घिमिरे टेलिसिरियलमा जस्तै पाँडे र मकुन्द श्रेष्ठ नेताको भूमिकामा देखिन्छ । टिजरमा ‘बले’ हेलिकप्टर चढेर गाउँमा पुगेको देखाइएको छ । तर उनको भूमिका पनि कौतुहलता जगाउने किसिमको छ । टिजरले कर्णालीका गाउँ र सहरको मिश्रित कथामा फिल्म बनेको संकेत गरेको छ। यो फिल्म टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो । निर्देशक कुमार कट्टेल ‘जिग्री’ हुन् ।
फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू र ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, हरिष निरौला ‘क्रकोज’, प्रियाना आचार्य ‘मुन्नी’ कमलमणि नेपाल ‘खुपीका बाउ’ लगायत कलाकार छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता नवीन श्रेष्ठ र रामनरेश शाह हुन् ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




