Breaking News

कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको हो ।

जिल्ला सुरक्षा समितिको मिति २०८२ चैत्र १० गतेको निर्णयअनुसार सोही दिन बिहान ९ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि मिति २०८२ चैत्र ७ गते दिउँसो २ बजे र चैत्र ८ गते दिउँसो १ बजेबाट जिल्लाका विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको, सरोकारवालासँग समन्वय गरी स्थिति नियन्त्रणमा ल्याइएको र अब नागरिकलाई सहज रूपमा आवतजावत तथा दैनिक कामकाज गर्न वातावरण बनेकाले निषेधाज्ञा हटाइएको बताउनुभयो ।

उहाँले सामाजिक सद्भाव, शान्ति सुरक्षा र कानुन व्यवस्था कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह समेत गर्नुभयो ।

सम्बन्धित समाचार

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।...

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी

काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...