बुधबार, भदौ ११, २०८२
English
Follow us:

छोरीले ‘आपत्तिजनक’ टिकटक पोस्ट बनाएको भन्दै हत्या

छोरीले ‘आपत्तिजनक’ टिकटक पोस्ट बनाएको भन्दै हत्या

  • खबर सेवा

  • शुक्रबार, माघ १८, २०८१

  • 129
    SHARES
छोरीले ‘आपत्तिजनक’ टिकटक पोस्ट बनाएको भन्दै हत्या

पाकिस्तान। पाकिस्तानको क्वेटा सहरमा टिकटक भिडिओ बनाएको रिसमा एक व्यक्तिले आफ्नी छोरीको गोली हानी हत्या गरेका छन्। हालै अमेरिकाबाट आफ्नो परिवारलाई पाकिस्तान फर्काएका अनवर उल-हक नामका व्यक्तिले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छोरीको टिकटक भिडिओ मन नपरेका कारण उनले हत्या गरेका हुन्। अमेरिकी नागरिकता लिएका ती व्यक्तिले आफ्नी छोरीको टिकटक पोस्ट ‘आपत्तिजनक’ पाएको बताएका छन्। प्रहरीले सबै कोणबाट घटना अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology