पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रनको बलियो योगफल तयार पारेको थियो।
२९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३१.५ ओभरमै १२४ रनमा समेटिएको थियो। खेलमा बागमतीका ईशान पाण्डे ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ६१ बलमा ७१ रन बनाउनुका साथै २ विकेट पनि लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिए।
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक
काठमाडौं। शेर मल्लको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा विजयी सुरुवात गरेको छ। विरगंजमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा...
सिटीले जित्यो काराबाओ कपको उपाधि
काठमाडौँ। म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो...
साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं। माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमकाबीच...




