
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार माघ १८ गते शुक्रबार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।