जब लागुऔषध कारोबारी समात्न गोली चलाइयो …
काठमाडौँ। नवलरासीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ। बिहीबार बेलुकी ८ बजे नवलपरासीको रामग्राम नगरपालिका-१२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए। उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ। डीएसपी बोहराका अनुसार राजेश लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
त्यसपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली लोनियाको घरमा पुगेको थियो। त्यहाँ लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथी नै जाइलागेका थिए।
उल्टै प्रहरीको साथमा रहेको पेस्तोल खोस्न लागेको र अर्का व्यक्ति भाग्न लागेपछि प्रहरीले गोली चलाएको डिएसपी बोहराले जानकारी दिए।
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो
काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...
कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ
काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...
महेश बस्नेतसँग अदालतको अपहेलना मुद्दामा लिखित जबाफ माग्ने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ ।...
झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु
काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...




