खेलकुद

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज एपीएफ विरुद्ध माथिल्लो मुलपानी मैदानमा टस हारेर ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनायो।

खेलमा पुलिसका ४ जना ब्याटरले अर्धशतक बनाए। दिनेश खरेलले ६०, शंकर रानाले ६१, दिल्साद अलिले ५१ तथा कप्तान आरिफ शेखले ५० रन बनाए।

३५६ रनको कठिन लक्ष्य पछ्याएको एपीएफ क्लब ४४ ओभरमा १७० रनमै समेटियो। पुलिसका बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गर्दै विपक्षी टोलीलाई ठूलो साझेदारी गर्न दिएनन्। खेलका ‘प्लेयर अफ द म्याच’ दिनेश खरेल घोषित भए।

पहिलो खेलमा आर्मीसँग पराजित भएको पुलिसले पहिलो जितदर्ता गरेको छ।

सम्बन्धित समाचार

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

प्रधानमन्त्री कप : कर्णालीमाथि सुदूरको सानदार जित, धामी नायक

काठमाडौं। शेर मल्लको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कपमा विजयी सुरुवात गरेको छ। विरगंजमा भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा...

सिटीले जित्यो काराबाओ कपको उपाधि

सिटीले जित्यो काराबाओ कपको उपाधि

काठमाडौँ। म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो...

साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं। माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमकाबीच...