Breaking News

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ।

बैठकका एजेण्डामाथि केन्द्रीय सदस्यहरूको बोल्नेक्रम बाँकी भएका कारण बुधवार फेरि बस्नेगरी बैठक स्थगित भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकमा मंगलवार २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन्। बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञसमिति गठन, १५औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेशतथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायतका विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामीले विभिन्न ११ वटाबैठकका एजेण्डाहरु तय गरेका छौँ। आज यी एजेण्डामाथि २८ जना केन्द्रीय सदस्यहरुलेआफ्नो धारणा राखिसकेका छन्। बाँकी साथीहरुले भोलिको बैठकमा भाग लिनुहुनेछ। भोलि नै हामी सबै विषयहरुमा निष्कर्षमा पुग्नेछौँ। सबै कुराहरु छलफलकै क्रममा रहेकोले आज केही निर्णय भएको छैन।’

आजको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन्।

सम्बन्धित समाचार

नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै

धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको...

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...