गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै घरबाट बेपत्ता भएको आफन्तले जानकारी दिए।
अनमाेलका मामा मदन सुब्बाका अनुसार सन्तोष राई र कल्पना राईका छोरा अनमोल मानसिक रुपमा राम्रै थियो। कक्षा-५ मा पढ्दै आएका उनी ६ गते शुक्रबाट १ बजेबाट घरबाट निस्केका थिए। त्यसपछि कोठा फर्किएका छैनन्।
पातलो शरीर भएका उनले कालो सुरुवाल र चप्पल लगाएका छन्। अनमोल बेपत्ता भएपछि खोजिदिनको लागि परिवार र आफन्तहरुले प्रहरी वृत्त बौद्धमा निवेदन दिएका छन्।
कसैले उनलाई भेटिएमा ९८१८४३५९७६ मा सम्पर्क गर्न अनमोलनका मामा सुब्बाले आग्रह गरे।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै
धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको...
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...




