नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै
धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ।
धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको अवसरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नेपालमा वार्षिक करिब ६७ हजार विरामी थपिने गरेको जानकारी दिइएको हो।
तीमध्ये ३९ हजार १५१ जनामा मात्रै रोग पत्ता लाग्ने गरेको २७ हजार ८४९ जना उपचार बाहिर रहने गरेको पाइएको हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार नेपाल वार्षिक १६ हजार जनाको क्षयरोगका कारणले मृत्यु हुने गरेको पाइएको छ।
प्रदेशगत रूपमा मधेश र बागमतीमा सबैभन्दा धेरै विरामी छन्। देशभर डटस केन्द्रहरूको संख्या ६ हजारभन्दा बढी पुगेको छ भने आधुनिक परीक्षण प्रविधिको प्रयोग पनि विस्तार भइरहेको छ।
श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मृगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोधात्मक क्षमता कम भएका रोगीलाई छिटो हुने गर्छ। धनकुटामा हाल ६८ जना क्षयरोगको विरामी रहेको कार्यक्रममा जानकारी दिइएको छ।
नेपाल सरकारले विसं २०९१।९२ मा नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ। जर्मन चिकित्सक रबर्ट कुकले सन् १९८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात् टिबीको कीटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन यो दिवस मनाइन्छ।
योपटक ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नारासहित दिवस मनाइएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...




