बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि
म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको छ । भिरालो जमिनमा सिँढी जस्तो तहको ढाँचारमा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले सिरुबारीमा वर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधनका लागि अल्पकालीन रूपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो । आयोजना प्रमुख तेजस्वी शर्माले अस्थायी रुपमा सिरुबारीको पहिरो रोकथाम गरेर आगामी वर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गरिने जानकारी दिए ।
“सिरुबारीको ३०० मिटर दुरीको पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रुपमा पहिरो रोकथाम सिरु गरेको हो,” उनले भने, “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि डोजर परिचालन गरेर काम थालिएको छ ।”
ल्ःद्य द्यबलप
सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकभन्दा तल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता वर्खायाममा सिरुबारीको सडकमाथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ ।
सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयहरु बीच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिए पनि सबैभन्दा ठूलो सिरुबारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन ।
सडकभन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधैँ खस्न नपाउने गरी सम्माइएको छ । करिब १७ मिटर फराकिलो पारिने सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको १० मिटरमा पर्खाल लगाएर पहिरो थुप्रिने ठाउँ बनाइने आयोजना प्रमुख शर्माले बताए । रासस
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
आयात बढ्दा पनि ग्यास अभाव कायमै
काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...
घट्यो डलरको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (चैत ११)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




