अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा मारिएका प्राविधिकहरूको टर्कीमा अन्त्येष्टि

टर्कीको अन्कारामा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका दुई प्राविधिकको अन्त्येष्टि गरिएको छ । शनिवार कतारको जलक्षेत्रमा एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा टर्कीका तीन कर्मचारीको मृत्यु भएको थियो ।

दुई देशबीचको सैन्य सहयोगको हिस्सा स्वरूप कतार–टर्की संयुक्त बल कमाण्ड अन्तर्गत सञ्चालित तालिम अभ्यासका क्रममा उक्त दुर्घटना भएको मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले कतारी सशस्त्र बलको हेलिकप्टर प्राविधिक खराबीका कारण दुर्घटना भएको देखाएको मन्त्रालयले थप जानकारी दिएको छ । दुर्घटनामा टर्की सशस्त्र बलका एक सदस्य र टर्कीको सरकारी रक्षा कम्पनी ‘एसेल्सान’ का दुई प्राविधिकको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ

इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...