अन्तर्राष्ट्रिय

इजरायली हवाई आक्रमणबाट दक्षिण लेबनानका मुख्य पुलहरू ध्वस्त

इजरायलले दक्षिण लेबनानी शहरहरू, आवासीय क्षेत्रहरू र मुख्य पुलहरूलाई निशाना बनाउँदै हवाई आक्रमण जारी राखेको छ । इरान जोडिएको वृहत्तर द्वन्द्वका बीच यो तनाव अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

टायर जिल्लाको चेहाबिये गाउँमा भएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् र एउटा आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । सोही जिल्लाको अल–हनिया शहरमा भएको इजरायली गोलाबारीमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएका छन् । नबातिये जिल्लाको मजदल अल–सेल्म शहरमा इजरायली हवाई आक्रमणमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । टेबनीन शहरमा इजरायली गोलाबारीले घर र पसलहरूमा व्यापक क्षति पु¥याएको छ, जहाँ नागरिक सुरक्षा टोलीहरू भग्नावशेष हटाउन र सडकहरू पुनः सञ्चालन गर्न खटिएका छन् ।

यसैबीच, हिजबुल्लाहले मरुवाहिन्, मारुन अल–रस र यारुन लगायतका धेरै सीमावर्ती स्थानहरूमा आफ्ना लडाकुहरूले इजरायली सैनिक र सवारी साधनहरूको समूहलाई निशाना बनाएको दाबी गर्दै धेरै विज्ञप्तिहरू जारी गरेको छ । लेबनानी राष्ट्रपति जोसेफ आउन र संसदका सभामुख नबिह बेरीले सोमबार बाब्दा दरबारमा भेट गरी वर्तमान सुरक्षा अवस्था र दक्षिण लेबनानलाई अन्य क्षेत्रसँग जोड्ने पुलहरूमाथि भइरहेको इजरायली आक्रमणबारे छलफल गर्नुभयो।

राष्ट्रपति आउन र सभामुख बेरीले दक्षिणी शहर र गाउँहरूबाट करिव १० लाख बासिन्दा विस्थापित हुँदा सिर्जित कठिन सामाजिक र मानवीय अवस्थाबारे पनि छलफल गर्नुभयो। दुवै पदाधिकारीले राष्ट्रिय एकता र नागरिक शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन् । ड्रुज धार्मिक र जातीय अल्पसंख्यक समूहका राजनीतिक नेता वालिद जुमदबिततले सोमबार राष्ट्रपति आउनसँग छुट्टै भेट गर्नुभयो । भेटपछि जुमदबिततले लेबनानी सरकारका प्राथमिकताहरू वार्ता, आन्तरिक सुरक्षा र विस्थापित मानिसहरूका आवश्यकता सम्बोधन गर्ने रहेको बताउनु भयो । उहाँले विस्थापितहरूका लागि पालको सट्टा ‘प्रिफ्याव’ आवासको सम्भावित प्रयोगमा समेत जोड दिनुभयो ।

गत मार्च २ मा हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनानमा सैन्य तनाव चुलिएको छ । नोभेम्बर २७, २०२४ मा युद्धविराम घोषणा भएयता हिजबुल्लाहको तर्फबाट भएको यो पहिलो आक्रमण थियो । त्यसयता इजरायलले लेबनानको राजधानी बेरुत, सहरका दक्षिणी उपनगरहरू र दक्षिण तथा पूर्वी लेबनानका धेरै क्षेत्रहरूमा तिब्र हवाई आक्रमण गरिरहेको छ ।

सम्बन्धित समाचार

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

दुबई । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो...

जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध

जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध

मंगलवार एक जापानी अपराधी जबरजस्ती दुतावासभित्र प्रवेश गरेपछि जापानस्थित चिनियाँ दुतावासले जापानी पक्षसमक्ष गम्भीर ध्यानाकर्षण र कडा विरोध जनाउँदै...

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ अर्धसैनिक सदस्यको इराकमा अन्त्येष्टि

अमेरिकी हवाई आक्रमणमा मारिएका १५ ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ)का सदस्यहरूको मङ्गलवार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ । एक...

एक वर्षमा अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९.९३ प्रतिशतले बलियो

एक वर्षमा अमेरिकी डलरको तुलनामा अफगानी मुद्रा ९.९३ प्रतिशतले बलियो

अफगानिस्तानको केन्द्रिय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ ९मार्च २०० मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४...