अर्थ

कति सस्तियो त तरकारीको मूल्य?

काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज आलु, गोलभेँडासहितका तरकारीको मूल्य केही घटेको छ। तर, धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

आज पनि कालीमाटीमा आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन। कालिमाटीमा आज तराईको सानो गोलभेँडा २२, रातो आलु ३५, भारतीय रातो आलु ३३, तराईको बन्दा १२, तराईको गाँजर २५, स्थानीय काउली १२, तराईको काउली १२, ज्यापु काउली १७, भन्टाा २५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी करेला ११०, मटरकोसा ५०, हरियो फर्सी १५, भिन्डी ९५, रायोको साग १०, कन्य च्याउ ८०, डल्ले च्याउ ३८६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा २१, रातो आलु ३५, भारतीय रातो आलु ३४, भारतीय सुकेको प्याज ६३, तराईको गाँजर २५, लोकल बन्दा १५, तराईको बन्दा १२, नरिवल बन्दा १२, स्थानीय काउली १२, ज्यापु काउली १७, तराईको काउली १२, सेतो मुला २०, रातो मुला २२ रुपैयाँ प्रतिकिलो थियो। त्यसैगरि हिजो लाम्चो भन्टा २५, डल्लो भन्टा ३५, हरियो फर्सी १५, रायोको साग १०, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...