नेपाली क्रिकेटको साख बढाएर फर्किए मोन्टी
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाई पदबाट मन्टी हटेका छन्। नेपाली क्रिकेट एसोसिएसन नेपाल (क्यान) उनीसँग सम्झौता थप नगरेसँगै स्वतः पदबाट बाहिरिएका छन्। भारतीय पूर्व क्रिकेटर देसाई अब स्वदेशकै कुनै क्लवमा आबद्ध हुने चर्चा छ।
देसाईलाई २०७९ को माघ २३ मा आबद्ध भएका थिए। जति बेला नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो।
देसाईकै प्रशिक्षणमा नेपालले लिगका १२ मध्ये ११ खेलमा जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो। देसाईले नेपाली क्रिकेटमा पुर्याएको योगदानको स्मरण गर्दै क्यानले शनिबार उनको प्रशंसा गरेको छ। क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमा मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद दिएको छ ।
देसाईले पछिल्लोपटक ब्याटिङ क्लिनिकमा आफ्नो सेवा दिएका थिए । यही माघको दोस्रो साता मूलपानी क्रिकेट मैदानमा युवा क्रिकेटरका लागि क्यानले ब्याटिङ क्लिनिक आयोजना गरेको थियो । र त्यसमा देसाईले युवा क्रिकेटरलाई प्रशिक्षण दिएका थिए।
देसाईको पालामा नेपालले क्रिकेटमा पाएको सबैभन्दा ठूलो उपलब्धि टी २० विश्वकपमा छनोट र एसिया कपमा छनोट हो । उनै प्रशिक्षणमा नेपालले भारत र पाकिस्तानसँग पहिलोपटक ओडीआई खेलेको थियो । एसिया कपमा नेपालले त्यो अवसर पाएको थियो।
यतिबेला नेपाली क्रिकेट फेरि संकटतर्फ धकेलिरहेको छ। एकदिवशीय मान्यता जोगाउनुपर्ने क्षणमा नेपाली टिम आइपुग्दा अब अर्को प्रशिक्षककोे खाचो देखिन्छ। नेपालका लागि अर्का प्रशिक्षक को आउँलान् यो चासोको विषय बनेको छ।
घरेलु मैदानमा भएका नेदरल्यान्ड्स र नामिबियासँगको हारले नेपाल संकटमा छ। यसपछि अवे खेलमा अमेरिका र क्यानडासँग पनि नेपालले हार व्होरेको थियो। एक दिवसीय मान्यता जोगाउन नेपालले अबका होम र अवे दुवै शृंखला जित्नुपर्ने दबाब छ। यसका लागि नेपालसँग अनुभवी प्रशिक्षकको खाचो छ। अब क्यानले नेपाली प्रशिक्षक कसलाई आबद्ध गराउँछ, त्यो हेर्न बाँकी छ।

ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




