Breaking News

रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगलाई भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको पाइएको छ। भदौ २३–२४ को घटना छानबिनका लागि गठित आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन्।

उनले भदौ २४ गते आफू नख्खु कारागारबाट नभागेको जिकिर गरेका छन्। कारागार प्रशासनका सुरक्षा अधिकारी र अरु कर्मचारीले सुरक्षाका कारण आफूलाई कारागार बाहिर गइदिन भनेको उनको दाबी छ।आफूलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइएको भन्दै उनले निस्कन नचाहँदा नचाहदै जबर्जस्ती बाहिर पठाइएको जिकिर गरेका हुन्।

‘मैले अदालतको आदेश बिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेँ। प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्‍यायो’ उनले बयानमा भनेका छन्, ‘त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ।’

सम्बन्धित समाचार

ओली, लेखक र खापुङबाहेक को-को छन् जाँचबुझ आयोगबाट दोषी ठहर भएका ?

ओली, लेखक र खापुङबाहेक को-को छन् जाँचबुझ आयोगबाट दोषी ठहर भएका ?

काठमाडौँ। गत भदौ २३ र २४ गते क्षेत्रमा भएको जेनजी (नवयुवा) को आन्दोलनका क्रममा भएको क्षति र सुरक्षा कमजोरीबारे...

जेनजी विध्वंसमा सेनाको भूमिका सन्तोषजनक देखिएन : कार्की आयोग

जेनजी विध्वंसमा सेनाको भूमिका सन्तोषजनक देखिएन : कार्की आयोग

काठमाडौं । जेन्जी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले भाद्र २३ र २४ गते राजधानीमा भएका हिंसात्मक घटना र...

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...

निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी

निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौँ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्ने...