ओली, लेखक र खापुङबाहेक को-को छन् जाँचबुझ आयोगबाट दोषी ठहर भएका ?
काठमाडौँ। गत भदौ २३ र २४ गते क्षेत्रमा भएको जेनजी (नवयुवा) को आन्दोलनका क्रममा भएको क्षति र सुरक्षा कमजोरीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनमा विभिन्न अधिकारीलाई कारबाही सिफारिस गरेको छ।
आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीदेखि सुरक्षा निकायका उच्च अधिकारीलाई दोषी मान्दै कारबाहीका लागि सिफारिस गरिएको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘फौजदारी लापरवाही’ र जिम्मेवारीबाट पन्छिएको भन्दै दोषी ठहर गरेको छ।
४ घण्टासम्म गोली चल्दा पनि स्थिति नियन्त्रणमा लिन ठोस पहल नगरेको र मानव अधिकारको गम्भीर उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ। आयोगले ओली र लेखकसहित तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङलाई घटनाको मुख्य जिम्मेवार मानेको छ।उनीहरूको भूमिकालाई मुलुकी अपराध संहिता बमोजिम ‘लापरबाहीपूर्ण कार्य’ भन्दै कारबाही सिफारिस गरेको छ। यी हुन्
कारबाही सिफारिसमा परेका अरु अधिकारीहरू-प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरू
गोकर्णमणि दुवाडी– तत्कालीन गृह सचिव
राजु अर्याल- तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक
हुतराज थापा- तत्कालीन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
छविराज रिजाल- तत्कालीन प्रमुख जिल्ला अधिकारी काठमाडौँ
प्रहरी अधिकारीहरू
सिद्धिविक्रम शाह– प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख
ओमबहादुर राना- प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी
विश्व अधिकारी- प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौँ प्रहरी परिसर।
दीपशमशेर जबरा- प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी
ऋषिराम कँडेल- प्रहरी उपरीक्षक, विशेष कार्यदल
दानबहादुर कार्की- प्रहरी अतिरिक्त महानिरीक्षक
सशस्त्र प्रहरी बलका अधिकारीहरू
नारायणदत्त पौडेल- अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेसन कमाण्डर
सुरेश कुमार श्रेष्ठ- प्रहरी नायव महानिरीक्षक, वाहिनीपति
जीवन केसी- प्रहरी उपरीक्षक, विपद उद्धार
राष्ट्रिय अनुसन्धान विभाग
कृष्णप्रसाद खनाल- सह–निर्देशक, उपत्यका अभियान महाशाखा
रिबेनकुमार गच्छदार- सह-अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख
नेपाली सेनाका अधिकारी
मनोज बैदवार- सहायक रथी, राष्ट्रपति भवन, सुरक्षा टोली प्रमुख
दिवाकर खड्का- प्रमुख सेनानी, प्रधानमन्त्री निवास, सुरक्षा टोली प्रमुख
गणेश खड्का- प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख
सन्तोष ढुङ्गेल- सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख
अन्य समूह
टीओबी ग्रुप- भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भएका मोटरसाइकलमा आएका व्यक्तिहरू।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जेनजी विध्वंसमा सेनाको भूमिका सन्तोषजनक देखिएन : कार्की आयोग
काठमाडौं । जेन्जी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले भाद्र २३ र २४ गते राजधानीमा भएका हिंसात्मक घटना र...
रास्वपाले जेल नफोडेको रविको निष्कर्ष, भीडले ठेलेर बाहिर निस्केको दाबी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगलाई भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको पाइएको...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
निर्वाचनमा असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्छ : अर्जुननरसिंह केसी
काठमाडौँ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्ने...




