निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ।
राखेपको निर्देशनविपरित निर्वाचन गर्न लागेको भन्दै एन्फाको कार्यसमिति निलम्बन गरेको हो।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) बमोजिम तीन महिना सम्मका लागि निलम्बन गर्ने कार्यकारी समितिको मिति २०८२।१२।११ को निर्णयानुसार उल्लिखित समयावधी सम्मका लागि निलम्बन गरिएको’ राखेपले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि राखेपले एन्फालाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको थियो। उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको राखेपको भनाई छ।
विद्यमान खेलकुद विकास ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम निर्वाचन सम्बन्धी कार्य गर्न स्वीकृति नभएको अवस्थामा गैह्र कानूनी रुपमा निर्वाचन सम्बन्धी प्रकृया अगाडी बढाएको राखेपको दाबी छ।
‘राष्ट्रिय खेलकुद परिषदबाट स्विकृत विधानको परिधि भित्र रही विधानले तोकेका प्रावधान एवम् कानुन बमोजिम प्राप्त दायित्व र जिम्मेवारीलाई अक्षरशः परिपालना गर्नुपर्ने संस्थाले आफूलाई स्वायत्त संस्थाको रुपमा परिभाषित गरी परिषदबाट माग गरे बमोजिम चित बुझ्दो जवाफ प्राप्त भएको अवस्था विद्यमान नरहेको देखिन्छ’ राखेपले भनेको छ।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन) को नियम १० को उपनियम (१) को खण्ड (छ १) अनुसारको कार्य समेत भए गरेको नदेखिएको हुँदा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) बमोजिम तीन महिना सम्मका लागि निलम्बन गर्ने कार्यकारी समितिको मिति २०८२।१२।११ को निर्णयानुसार उल्लिखित समयावधी सम्मका लागि निलम्बन गरिएको विज्ञप्तिमा जनाइएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको सचिवालय बन्द गरेर एन्फा यही चैत १३ गतेका लागि चुनावमा होमिएको छ।
राखेपले तहगत निर्वाचन गरेर मात्र केन्द्रीय समितिको निर्वाचन गर्न दिएको निर्देशन बेवास्ता गर्दै एन्फा निर्वाचनमा जुटेको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...




