Breaking News

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार बनाउने उद्देश्यले बिउको अडिट गर्ने प्रावधान कार्यान्वयनमा ल्याउने भएको हो । बिउको गुणस्तरका कारणले हरेक वर्ष नेपाली किसानले ठुलो क्षति बेहोरेपछि यस्तो परीक्षण सुरु गर्न लागिएको हो ।

तीन तहका सरकारसँग भएका कृषि प्राविधिकमार्फत सरकारले बिउको अडिट गर्ने छ । बिउबिजनको गुणस्तर कायम राख्न बिउबिजन नियमावलीले दिएको अधिकारको आधारमा बिउको अडिट गरिने भएको हो । यसले विभिन्न तवरबाट खुलेका बिउबिजन परीक्षण प्रयोगशालाले गर्दै आएको उमारशक्ति, शुद्धता, चिस्यान, स्वास्थ्य, तौल निर्धारण, ओजस, जीवितपनालगायतका परीक्षणमा एकरूपता कायम राखी देशैभर गुणस्तरीय बिउको आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवनका प्रमुख वेनु प्रसाईंले गुणस्तरीय उत्पादनका लागि बिउ, खेतबारीको अवस्थाले विशेष भूमिका खेल्ने भएकाले सरकारले कृषि प्राविधिकमार्फत बिउको अडिट गर्ने जानकारी दिनुभयो । सङ्घीय, प्रदेश र स्थानीय संरचनामा कार्यरत कृषि प्राविधिक तथा बिउ निरीक्षक ९सिड इन्सपेक्टर० मार्फत अडिट गरिने र त्यसले समग्र कृषि प्रणालीलाई नै सुधारमा सहयोग पु¥याउने बताउनुभयो ।

केन्द्रका अनुसार आयातित बिउमा पनि विक्रेताले बिउ बेच्ने क्रममा अनिवार्य बिल उपलब्ध गराउनुपर्ने छ । बिलमा बिउको सबै कुरा लेखेर मात्रै बिक्री गर्न र बिल लिन किसानलाई सरकारले अनुरोध गरेको छ । बिउका कारणले किसानको क्षति भएमा क्षतिपूर्ति नतिरे बिउ बिक्री अनुमतिपत्र रद्द गर्ने र अरू स्रोतबाट भए पनि क्षतिपूर्ति भराउने व्यवस्था सरकारले गर्ने छ । किसानले किनेको बिउमा कैफियत देखिएमा र उत्पादन नभएमा सरकारले सम्बन्धित बिउ उत्पादकसँग क्षतिपूर्ति भराउने कृषि प्रचार अधिकृत कुलप्रसाद दवाडीले उल्लेख गर्नुभयो । क्षतिपूर्ति नभरेसम्म बिउ बिक्री र उत्पादनमा रोक लगाउने उहाँले स्पष्ट पार्नुभयो ।

बिउको उत्पादन क्षमतादेखि रोपिएको खेतको निरीक्षणसम्मको सबै प्रक्रिया पूरा भएपछि मात्रै बिउ उपयुक्त भएको सिफारिसका आधारमा उत्पादकले प्रमाणिक प्रमाणपत्र पाएपछि किसानसम्म बिउ पुग्ने गर्छ । यसले उत्पादनमा कुनै समस्या नआउने विश्वास सरकारी निकायले गरेको छ । बिउ अडिटको मुख्य उद्देश्य गुणस्तरीय बिउ नै हो । कृषि प्राविधिकले उत्पादकले अवलम्बन गरेको बिउ उत्पादनको प्रक्रिया खेतको निरीक्षण र गुणस्तरको सबै मापन हेरेर बिउ उपयुक्त भएको प्रमाणित गरेपछि मात्रै किसानलाई उत्पादनका लागि पठाउन सक्ने संयन्त्रको विकास गर्ने उद्देश्य केन्द्रले राखेको छ ।

 

सम्बन्धित समाचार

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

ढाका । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा...