अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।
निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ०७ पैसा र बिक्रीदर १५० रुपियाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ १७ पैसा र बिक्रीदर १७४ रुपियाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ३० पैसा र बिक्रीदर २०२ रुपियाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ २३ पैसा र बिक्रीदर १९० रुपियाँ ९९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ६१ पैसा र बिक्रीदर १०५ रुपियाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ८० पैसा र बिक्रीदर १०९ रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ३६ पैसा र बिक्रीदर ११७ रुपियाँ ८३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७६ पैसा र बिक्रीदर २१ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ र बिक्रीदर ४० रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ १६ पैसा र बिक्रीदर ४१ रुपियाँ ३२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ८६ पैसा र बिक्रीदर ४१ रुपियाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८ रुपियाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०२ पैसा र बिक्रीदर १० रुपियाँ ०६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १५ पैसा र बिक्रीदर १६ रुपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३१ पैसा र बिक्रीदर २३ रुपियाँ ४० पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपियाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपियाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपियाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपियाँ ३५ पैसा रहेको छ ।
यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस
ताजा अपडेट
-
१.
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
२.
सुनको मूल्यमा गिरावट
-
३.
मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ
-
४.
कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी
-
५.
प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही, प्रमुख सचेतकमा खुश्वु
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...
‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’
काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन
काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...




