Breaking News

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा ड्रोन आक्रमणका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन भण्डारण केन्द्रमा ठूलो आगलागी भएको छ ।

नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार ड्रोनले विमानस्थलको इन्धन ट्याङ्कीलाई निशाना बनाएको थियो । यसबाट भौतिक क्षति भएपनि कुनै मानवीय क्षति भने भएको छैन । कुवेती सेनाले आफ्नो एयर डिफेन्स सिस्टमले आकाशमै धेरै मिसाइल र ड्रोनहरू नष्ट गरेको बताएको छ । शहरका विभिन्न भागमा सुनिएका ठूला विस्फोटका आवाजहरू यही प्रतिरोधात्मक कारबाहीका कारण भएको सेनाले स्पष्ट पारेको छ । नेशनल गार्डको सक्रियताः कुवेत नेशनल गार्डले आफ्नो कार्यक्षेत्रभित्र ६ वटा ड्रोनहरूलाई खसालेको जानकारी दिएको छ ।

रक्षा मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७ वटा ब्यालेस्टिक मिसाइल र १३ वटा ड्रोन पत्ता लागेका थिए । मिसाइल खसाल्दा झरेका टुक्राहरूका कारण ७ वटा मुख्य प्रशारण लाइनमा क्षति पुग्दा केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो, जसलाई अहिले धेरैजसो मर्मत गरिसकिएको छ । यो घटना इरान र अमेरिका–इजरायल बीच बढ्दो तनावको बीचमा भएको हो ।

गत महिना इरानमाथि भएको संयुक्त सैन्य हमलापछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी र इजरायली सम्पत्तिहरूलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ । अधिकारीहरूले यो आक्रमण कहाँबाट भएको हो भन्नेबारे आधिकारिक रूपमा खुलाएका छैनन् ।

सम्बन्धित समाचार

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का

ढाका । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा...