अर्थ

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ ।

बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको भयो । १७८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने ८ को स्थिर रह्यो ।जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१, उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ तथा अन्य समूह ०.६५ प्रतिशत बढे ।

व्यापार २.८४ प्रतिशत घट्यो । जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशत घटे । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै नेसनल हाइड्रोपावरको ६.२४, रिडी पावरको ६.१९ तथा शुभम पावरको ५.८० प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । सिन्धु विकास बैंकको ३.५८ तथा कर्पोरेट डेभलपमेन्टको ३.२४ तथा विशाल बजारको ३.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेसनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप छन् ।

सम्बन्धित समाचार

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...