आखिर किन कलाकारको सम्बन्ध बिग्रिएका खबर बाहिरिँरहेका छन्?
काठमाडौँ। केही दिनयता नेपाली सांगीतिक क्षेत्र र फिल्म क्षेत्रमा कलाकारको बिग्रदो सम्बन्धले बजार तताएको छ। भर्खरै विवाह बन्धनमा बाधिएकादेखि प्रेम सम्बन्धमा रहेकाको फाटो आएको विषयले सामाजिक सञ्जालदेखि मिडिया भरिएको छ। कसैले यही विषयलाई सामाजिक सन्जालमार्फत स्पष्टीकरण दिइरहेका छन्। हुन त कलकारिता क्षेत्रमा रहेका व्यक्तिको सानो कुरा पनि ‘फन्डा’का रूपमा आउँछ। कतिपय त कलाकार आफैले फन्डाका रूपमा चर्चामा ल्याउँछन्।
‘बदनाम भइयोस् तर गुमनाम नभइयोस्’ भन्ने स्लोगन चलचित्र क्षेत्रमा लागु हुन्छ। तर, कतिपयको सम्बन्ध लामो नटिकेको र पारिवारिक तिक्तता आएको बजारीया चर्चा चल्न थालेको छ। यतिसम्मकी विवाहमा बाधिएको ५ महिनामै सम्बन्ध बिग्रेर बाटो बदल्नुपर्ने बाध्यता कलाकारमा आइलागेको छ। खास किन यस्तो हुन्छ भन्न सकिने अवस्था छैन। तर कलाकारहरू आफ्नो कलाकरितामा नामेटपना ल्याउन नदिन स्वतन्त्र बन्न रुचाएको बताउने गरेका छन्। प्रोफेसनमा आँच आउनुभन्दा सम्बन्ध सक्नतिर कलाकार लाग्ने लागेको सुनाउने गर्छन्। कलाकार न हो, एक ठाउँमा बसेर मात्र चल्दैन।
घुमघाम, महोत्सव र यात्रा गर्नै पर्यो। यही कारण सम्बन्धमा चिसोपन आउने र शंका बढ्ने गरेको उनीहरू सुनाउँछन्। पछिल्लो ताका चलचित्र बजारीमा यस्तै घटना आइरहेका छन्। कतिपय सत्य सावित भइरहेका छन् भने कतिपय सत्य पुष्टि हुन बाँकी छ। तर भनिन्छ, ‘हावा नचली पात हल्लिदैन’। यसैले भन्न सकिन्छ, सम्बन्धमा तिक्तता आएकै छ।
एलिना चौहान
गत वैशाखमा अस्ट्रेलिया बसोबास गर्ने विष्णु सापकोटासँग विवाह बन्धनमा बाधिएकी एलिना चौहान अब थप सम्बन्ध बढाउने सोचमा छैनन्। एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन्।
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी हुन् ।
एलिना र अस्ट्रेलियामा रहेका पतिबीच सम्बन्ध बिग्रिएको चर्चा केही महिनादेखि चलिरहेको थियो । बिहे अघिसम्म कमै विवादमा पर्ने उनी बिहेपछि तनावमा देखिन्थिन् । त्यहीकारण उनको वैवाहिक सम्बन्धमा चिसो पसेको ‘गसिप’ चलेको थियो। अन्ततस् मनोरञ्जन क्षेत्रमा चलेको गसिपलाई पुष्टि गर्दै उनी सम्बन्धविच्छेदका लागि अघि बढेकी हुन् । यसअघि उनी घरेलु हिंसाको शिकार बनेको पनि चर्चा थियो ।
विष्णु र एलिनाले यसबारे औपचारिक रुपमा बोलेका थिएनन् । तर सम्बन्ध चिसिएको र एलिना घरेलु हिंसापीडित बनेको चर्चा भइरहँदा दुवै मौन बस्दा शंका बढेको थियो। अन्ततस् त्यही शंकालाई पुष्टि गर्दै एलिनाले विष्णुसँग छुट्टिने बाटो खोज्दै अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।
चर्चामा आएका विषय आफ्ना निजी र व्यक्तिगत भएकाले मिडियाले चासो राख्नुनपर्ने उनको तर्क थियो । तर उनले त्यसबेला देखाएको आक्रोशले उनी तनावमा रहेको भने पुष्टि गर्थ्यो ।
अरुणिमा लम्साल
गत भदौ ३ गते विवाह बन्धनमा बाधिएकी अरुणिमा लम्सालको पनि सम्बन्धमा चिसोपन आएको छ। नेपाली कांग्रेसका युवा नेता युवराज श्रेष्ठसँग दोस्रो बिहे गरेकी उनको केही समययता सम्बन्धमा दरारता आएको पारिवारिक स्रोत बताउँछ।
श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन्। बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन्। बिहेपछि अमेरिकामा रहेकी अरुणिमाले तस्बिर हटाउनुका साथै युवराजलाई अनफलो समेत गरेकी छन्। दुबैले इन्स्टाग्राममा एकअर्कालाई फलो गरेको देखिँदैन। सामाजिक सञ्जालमा बिहेको फोटो हटाएपछि उनीहरूबीच सम्बन्ध बिग्रेको भनेर टिप्पणी हुन थालेको छ। यद्यपि, युवराजले भने बिहेको तस्बिरहरू हटाएका छैनन्। बिहेको केही समयपछि श्रीमतीसँगै अमेरिका जाने भनेका युवराज नेपालमै छन्।
सुशान्त र आना
गायक सुशान्त केसी र अभिनेत्री आना शर्मा केही समयदेखि प्रेमसम्बन्धका कारण चर्चामा छन्। यसैबीच, सुशान्तले आनालाई टिकटकमा अनफलो गरेका छन्। सुशान्त र आनाको प्रेम सम्बन्ध राम्रो रहेको बताइन्छ। उनीहरूको सम्बन्धलाई लिएर केही नराम्रो हल्ला चलेको छैन। तर, सुशान्तले एक्कासी अनफलो गरेपछि उनीहरूको सम्बन्धमा दरार त आएको छैन भन्ने प्रश्न उब्जिएको छ।
सुशान्तले एकजना आनालाई मात्रै फलो गरेका थिए। जसले प्रेमी सुशान्तजस्तो हुनुपर्ने भन्दै उनको निकै चर्चासमेत चलेको थियो। तर, अहिले सुशान्तको फलोइङमा लिस्टमा शुन्य अंक देखिन्छ। अहिले सुशान्तले आनालाई अनफलो गर्दा फ्यानहरू अचम्मित भएका छन्। उनीहरूले आश्चर्य व्यक्त गर्दै कमेन्ट गरिरहेका छन्। किनकी उनी नयाँ गीत रिलिज गर्ने तयारीमा छन्।
तर, इन्स्टाग्राममा भने दुवैले एकअर्कालाई अनफलो गरेका छैनन्। सुशान्त र आनाले पछिल्लो गीत ‘बार्दली’ एकसाथ सहकार्य गरेका थिए। उक्त गीतले निकै चर्चा बटुलेको थियो।
नयाँ होइन सम्बन्ध बिग्रने क्रम
हुन सम्बन्ध बिग्रिने कलाकारको सूची लामै छ, गायक धीरज राई र नायिका छुल्ठिम गुरुङ, भुवन केसी र सुम्मिता केसी, निर्देशक श्याम भट्टराई र रञ्जना शर्मा, पूजा चन्द र सुरज चन्द, अभिनेत्री गौरी मल्ल र राजन भण्डारी ।
गायिका सपनाश्री, पूजा लामा, अभिनेत्री मौसमी मल्ल, अभिनेत्री रिमा विश्वकर्मा, अभिनेता शिव श्रेष्ठ, गायिका मिलन अमात्य, अभिनेत्री वर्षा शिवाकोटी, मिस नेपाल माल्भिका सुब्बा, उषा खड्गी लगायत थुप्रै कलाकारको वैवाहिक सम्बन्ध नटिकेको देखिन्छ। हास्यकलाकार मनोज गजुरेल, अभिनेत्री प्रियंका कार्की, गायिका अञ्जु पन्तलगायत छन्। यीमध्ये कोहीले फेरि विवाह गरेर घरबार चलाएका छन्।
कति भने अहिले पनि एक्लो जीवन चलाइरहेका छन्। खासमा कलाकारको सम्बन्ध बिग्रिनुमा शंका गर्ने प्रवृत्ति बढिरहेको बताउँछन्। कलाकार संघका अध्यक्ष मोहन निरौला शंका, सफलता, लामो समय परिवारसँग अलग रहनु र अन्यत्र सम्बन्ध बन्नु आदि अवस्था वा कारणले कलाकारका वैवाहिक सम्बन्ध बिग्रिएको बताउँछन् ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




