Breaking News

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताउनुभएको छ।

एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो।

कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उहाँको भनाइ थियो। त्यस अवसरमा एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका नागरिकबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूलमैत्री कानून निर्माण गर्नुपर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराउनुभएको थियो।

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागी छलफलमा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोवास गरिरहेका मानिसको सुरक्षा र उद्धारका लागि कांग्रेसले पहल गर्न ध्यानाकर्षण गराएको थियो।

सम्बन्धित समाचार

ओमप्रकाश अर्यालद्वारा गृहबाट बिदाई

ओमप्रकाश अर्यालद्वारा गृहबाट बिदाई

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ। नवनिर्वाचित...

बालेनले ल्याउनुभयो शपथअघि नै गीत

बालेनले ल्याउनुभयो शपथअघि नै गीत

https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो

काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...