‘हरिबहादुरको जुत्ता’को छायांकन
काठमाडौँ। चलचित्र हरिबहादुरको जुत्ताको छायांकन भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो। दीपेन्द्र के। खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय रहनेछ।
कार्यक्रममा अभिनेता हरिवंश आचार्यले आजदेखि नै चलचित्रको प्रचारप्रसार शुरु भएको बताए। चलचित्र एक वर्ष लगाएर लेखेको र चलचित्र देश बनाए जस्तै भएको बताए। देश बनाउँदा पनि बिग्रिएपछि सकिने र चलचित्र पनि बिग्रिएपछि सकिने टिप्पणी गरे। अभिनेता किरण केसीले आजबाट चलचित्र सुरु भएको र सबैको मेहनतले चलचित्र राम्रो बन्ने बताए।
कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई मन लागेको टिमसँग काम गर्न मौका पाउँदा खुशी लागेको बताइन्। एम।एम मोस पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्।
ताजा अपडेट
-
१.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
२.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
३.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
४.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
५.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
ट्रेन्डिङ
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




