बालेन मन्त्रिपरिषद्मा अर्थमा डा. स्वर्णिम र परराष्ट्रमा शिशिर र कानुनमा सोविता
काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ ।
अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।
रास्वपाका एक शीर्ष नेताले भने, ‘स्वर्णिम, शिशिर र सोविताको मन्त्रालय पनि फाइनल भइसकेको छ । अरुको पनि लगभग टुंगिसकेको छ ।’ सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।
मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो ।
आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
बालेनले लिनुभयो प्रधानमन्त्रीको शपथ
काठमाडौं। नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष...
१५ सदस्यीय मन्त्रीमण्डलको टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का सदस्यहरूको अन्तिम टुंगो लाग्ने क्रम जारी छ। हालसम्म प्राप्त जानकारीअनुसार बालेन मन्त्रिपरिषद्मा सुधन...
बालेन प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन्। संविधानको धारा ७६ को...
सुदन गुरुङ गृहमन्त्री बन्दै
काठमाडौँ । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपाका स्रोतका अनुसार उनले शुक्रबार...




