ओलीको गृह जिल्लाबाट माओवादीको संगठन सुदृढीकरण अभियान
काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लाबाट संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ। आज खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकले आउँदो फागुन १२ बाट हुलाकी राजमार्गकेन्द्रित संगठन सुदृढीकरण चलाउने निर्णय गरेको हो।
कचनकवलबाट सुरु हुने अभियान ६ महिनासम्म चल्ने छ। हुलाकी राजमार्ग केन्द्रित यो अभियान देशव्यापी हुने माओवादीले जनाएको छ। कचनकबलबाट सुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित हुनेछ। त्यसपछि सोलुखुम्बुको सगरमाथाको फेदीमा पुगेर अभियान समापन गर्ने माओवादीको तयारी छ।
इञ्चार्ज हेरफेर
उपमहासचिव हरिबोल गजुरेल कोशी, उपमहासचिव मातृका यादव मधेस, सचिव हितमान शाक्य बागमती, सचिव दिनानाथ शर्मा गण्डकी, सचिव चक्रपाणि खनाल लुम्बिनी, स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल कर्णाली, उपमहासचिव गिरिराजमणि पोखरेल सुदूरपश्चिम र जयपुरी घर्ती विशेष प्रदेश इन्चार्ज तोकिएका छन्।
२०८० फागुन ६ गते माओवादीले १२ वटै प्रदेशको इञ्चार्ज र सहइन्चार्ज तोकेको थियो। ११ महिनामै प्रचण्डले इञ्चार्ज फेरेका छन्।
प्रचण्डले फेरे स्वकीय सचिव
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यले पाएका छन् । आचार्यले प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाएका हुन् । यसअघि स्वकीय सचिव रहेका रमेश मल्लले उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...
प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज दिउँसो...
इलाम कारागारभित्रै मतदान
इलाम। इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्। कारागारभित्र रहेको...
गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण...




