बुधबार, माघ २३, २०८१
English
Follow us:

एकै वर्ष नपुगी फेरिए इञ्चार्ज

ओलीको गृह जिल्लाबाट माओवादीको संगठन सुदृढीकरण अभियान

ओलीको गृह जिल्लाबाट माओवादीको संगठन सुदृढीकरण अभियान

प्रचण्डले फेरे स्वकीय सचिव

  • खबर सेवा

  • सोमवार, माघ २१, २०८१

  • 68
    SHARES
ओलीको गृह जिल्लाबाट माओवादीको संगठन सुदृढीकरण अभियान
प्रचण्ड निवास खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठक। तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौँ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लाबाट संगठन सुदृढीकरण अभियान सुरु गर्ने भएको छ। आज खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकले आउँदो फागुन १२ बाट हुलाकी राजमार्गकेन्द्रित संगठन सुदृढीकरण चलाउने निर्णय गरेको हो।

कचनकवलबाट सुरु हुने अभियान ६ महिनासम्म चल्ने छ। हुलाकी राजमार्ग केन्द्रित यो अभियान देशव्यापी हुने माओवादीले जनाएको छ। कचनकबलबाट सुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित हुनेछ। त्यसपछि सोलुखुम्बुको सगरमाथाको फेदीमा पुगेर अभियान समापन गर्ने माओवादीको तयारी छ।

इञ्चार्ज हेरफेर

उपमहासचिव हरिबोल गजुरेल कोशी, उपमहासचिव मातृका यादव मधेस, सचिव हितमान शाक्य बागमती, सचिव दिनानाथ शर्मा गण्डकी, सचिव चक्रपाणि खनाल लुम्बिनी, स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल कर्णाली, उपमहासचिव गिरिराजमणि पोखरेल सुदूरपश्चिम र जयपुरी घर्ती विशेष प्रदेश इन्चार्ज तोकिएका छन्।

२०८० फागुन ६ गते माओवादीले १२ वटै प्रदेशको इञ्चार्ज र सहइन्चार्ज तोकेको थियो। ११ महिनामै प्रचण्डले इञ्चार्ज फेरेका छन्।

प्रचण्डले फेरे स्वकीय सचिव
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यले पाएका छन् । आचार्यले प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाएका हुन् । यसअघि स्वकीय सचिव रहेका रमेश मल्लले उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology