बुधबार, माघ २३, २०८१
English
Follow us:

बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री

बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री

  • खबर सेवा

  • मङ्लबार, माघ २२, २०८१

  • 46
    SHARES
बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्यो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : बालकोट फेसबुक पेज

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्युदर घटेकाले मानिसको नेपालीको आयु बढेको बताएका छन्।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मङ्गलवार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। ‘अहिले हाम्रो सरदर आयु ७२ वर्ष किन पुगेको छ? हामीले बालमृत्यु दर घटाइदियौँ । १० वर्षमा एउटा बालक वित्यो भने १० जना मान्छे सय वर्ष बाचेको छ भने तिनको आयु ९० वर्ष हुन्छ’, प्रधानमन्त्रीले भने,‘मातृ शिशु कल्याणको क्षेत्रमा हामीले थुप्रै काम गरेका छौ।’

लङगीभिटी बढाउँदै जाने, व्रेन ह्यामरेज, हर्टअट्याक समेत कम गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले मुटुलाई स्वस्थ राख्नुपर्नेमा जोड दिँदै जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले काम गरिरहेको र यो सबैको इस्यु भएको समेत बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology