सोमवार, भदौ २, २०८२
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • मङ्लबार, माघ २२, २०८१

  • 107
    SHARES
घट्यो नेप्से

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ। २७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो । मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ।

मंगलबार कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्यो । १७२ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो। मंगलबार नेप्सेका दुई बाहेक सबै उपसमूहको सूचक घटेको छ । जलविद्युत् उपसमूहको सूचक ०.१५ र अन्य उपसमूहको ०.४३ प्रतिशतले बढेको छ।

मंगलबार जोशी हाइड्रोपावर, सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत् लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक लगायतका लगानीकर्ताले धेरै गुमाए । यी सबै कम्पनीको मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology