Breaking News

महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदबाट राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाउनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाउनुभएको छ ।

भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति र शपथ लिनुभएको छ।

नयाँ प्रधानमन्त्री आएको र आफूलाई नियुक्त गर्ने प्रधानमन्त्री सरकारबाट बाहिरिएपछि भण्डारीले पदबाट राजीनामा दिनुभयो। भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ।

सम्बन्धित समाचार

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

काठमाडौं।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुन: द्वन्द्वमा जाने चेतावनी दिनुभएको...

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री...

बालेन मन्त्रिपरिषद्को पहिलो निर्णय : जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

बालेन मन्त्रिपरिषद्को पहिलो निर्णय : जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

काठमाडौं। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ : कानुनमन्त्री गौतम

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ : कानुनमन्त्री गौतम

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो। राष्ट्रपतिसक्षम शपथ...