Breaking News

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री वालेन्द्रले पहिलो मन्त्रिपरिषद् बैठक राख्नु अघि रविले यस्तो बताउनुभएको हो।

वालेन्द्रसँग भेटेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले वालेन्द्र ५ वर्ष र त्यो भन्दा पनि बढी प्रधानमन्त्री हुन सक्ने बताउनुभयो ।

सहमति अनुसार नै बालेनलाई प्रधानमन्त्री बनाएको लामिछानेको भनाइ छ । यसअघि स्वतन्त्रबाट काठमाडौंको मेयर जिते पनि बालेन रास्वपा प्रवेश गरेपछि शुक्रबार प्रधानमन्त्री हुनुभएको छ ।

सम्बन्धित समाचार

बालेनलाई भारत-पाकिस्तानको बधाई

बालेनलाई भारत-पाकिस्तानको बधाई

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका...

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

काठमाडौं।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुन: द्वन्द्वमा जाने चेतावनी दिनुभएको...

बालेन मन्त्रिपरिषद्को पहिलो निर्णय : जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

बालेन मन्त्रिपरिषद्को पहिलो निर्णय : जेनजी आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

काठमाडौं। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।...

महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदबाट राजीनामा

महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदबाट राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा...