बुधबार, माघ २३, २०८१
English
Follow us:

घट्यो डलर

घट्यो डलर

  • खबर सेवा

  • बुधबार, माघ २३, २०८१

  • 50
    SHARES
घट्यो डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घटेको छ। हिजो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको अमेरिकी डलर आज केही सस्तिएको हो।

त्यसैगरि आज कुबेती र बहराइन दिनारको मूल्य पनि घटेको छ। तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ६२ पैसा छ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८० पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। हिजो सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज पुनः घटेको हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ १४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १३ पैसा थियो। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३२ र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ४५ र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा थियो। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५० रुपैयाँ ०४ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ९८ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५० रुपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रुपैयाँ ४० पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ३४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रुपैयाँ ७१ पैसा थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology