समाचार

पाथीभरा केबलकार विवाद : सरकार र आन्दोलनरत पक्षबीच छ बुँदे सहमति

काठमाडौँ। सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमतिसँगै पाथीभरा केबलकार निर्माण तत्कालका लागि स्थगित हुने भएको छ । मंगलबार सरकार र आन्दोलनरत पक्षबीच पाथीभरा केबलकारको स्टेसन माथिको निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच सोमबार र मंगलबार वार्ता भएको थियो ।

स्टेसनमाथिको निर्माणका सन्दर्भममा माघ २७ को बैठकमा विस्तृत छलफल हुने ६ बुँदे सहमतिको पहिलो बुँदामा उल्लेख छ । सहमति अनुसार केबलकार निर्माण रोक्ने आन्दोलनमा घाइते भएकाहरूको निस्शुल्क र प्रभावकारी स्वास्थ्य उपचारको जिम्मा सरकारले लिएको छ । घटनामा संलग्नहरूमाथि कारबाहीका लागि पनि सरकारले सहमति जनाएको छ । सहमतिअनुसार आन्दोलनका क्रममा प्रहरी हिरासतमा रहेकाहरूलाई प्रशासनले तत्काल छोड्नेछ ।

यस्तै आन्दोलनरत पक्ष पनि अनिश्चितकालीन यातायात बन्द फिर्ता गर्न सहमत भएका छन् ।

ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनीले बनाउन लागेको केबलकारको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...