अर्थ

झिनो अंकले घट्यो नेप्से

काठमाडौँ। सेयर बजार परिसूचक नेप्से आज घटेको छ। नेप्से ४.४५ अंकले घटेर २७११.४५ अंकमा बन्द भएको छ।

आइतबार एकैपटक ६९ अंकको बृद्धि गरेको नेप्सेले त्यसपछिका दिनमा निरन्तर घट्दै आएको छ। मंगलबार १४.०८ अंकले घटेको नेप्सेले बुधबार ४.४५ अंकले घटेको हो ।

यस्तै कारोबार रकममा पनि आज संकुचन आएको छ। यो दिन लगानीकर्ताले ८ अर्ब ९५ करोडको कारोबार गरेका हुन्। दिनभर घटेको बजारमा ११३ कम्पनीको मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ। बढ्नेमा आज पनि उपकार लघुवित्त अगाडि देखिएको हो।

निरन्तर चार दिनदेखि सर्किट हानिरहेको उपकार लघुवित्तले आज पनि मूल्यमा पोेजेटिभ सर्किट लाउन सफल देखिएको छ। यो कम्पनीको मुल्य प्रतिकित्ता ६ हजार ६ सयमा पुगेको छ ।यो बाहेक छ्याङग्दी हाइड्रको मूल्यमा पनि आज पोजेटिभ सर्किट लागको छ।

यता घट्नेमा भने आज सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि छ। यी दुवै कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागको हो। यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्सको कारोबार गरेका छन्। लगानीकर्ताले आज एकै दिन उक्त कम्पनीको सेयर ३३ करोडमा कारोबार गरेका हुन्।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...