आहा रारा गोल्डकपमा मछिन्द्रको जित, एपीएफ स्तब्ध
काठमाडौँ। मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा(रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधबार भएको दोस्रो प्रि-क्वार्टरफाइनलमा विभागीय टोली एपीएफ फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा मात्र सम्भव भए। खेलको ७४ मिनेटमा आदित्य शाक्यको गोलमा मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो। आदित्य मनिष डाँगीको स्थान लिँदै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
आयुष घलानले मिलाएको पासमा आदित्यले डिबक्स भित्रबाट बललाई पोष्टको गति दिए।
खेलको ८२ ओ मिनेटमा स्टेफन कामाहाको गोलमा मछिन्द्रले अग्रता दोब्बर पार्यो। खेलको सुरुवातबाट नै एपीएफमाथि दबाब बनाएको मछिन्द्रले पहिलो हाफमा बनाएको अवसरलाई सदुपयोग गर्न सकेन।
मछिन्द्रले अब क्वार्टरफाइनमा पाँचपटकको विजेता थ्री स्टार क्लबसँग २७ गते खेल्नेछ। प्रतियोगितामा भोलि बिहीबार एनआरटी र चर्च ब्वाइज क्लब भिड्नेछन्। सो खेल दिउँसो २:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
निलम्बनमा एन्फा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। राखेपको निर्देशनविपरित निर्वाचन गर्न...
राखेपले एन्फालाई भन्यो : कुनै अप्रिय निर्णय नलिनू
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्लाई कुनै अप्रिय निर्णय नगरिदिन अनुरोध गरेको छ। बुधबार राखेपले पठाएको...
साम्बाले न्युजिल्यान्डमै गराइन् घुँडाको शल्यक्रिया
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान...
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...




