सामाजिक सञ्जालमा आतंक मच्चाउने ७ जना पक्राउ
काठमाडौँ। सामाजिक सञ्जालमार्फत पीडितलाई आतंकित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेको, समाजमा अशान्ति फैलाएको र आपराधिक क्रियाकलापपछि उल्टै पीडितलाई डर त्रासमा पारेको भन्दै अप्रेसन सुरु गरेको हो।
यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ, गोपाल मोक्तान र गुणबहादुर गुरुङ रहेका छन्। उनीहरुले ग्याङ देखाएर तरबार तथा हतियार प्रदर्शन गर्दै तरबारले केक काटेका भिडिओ टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यस्ता घटनाले समाजमा अशान्ति फैलिने प्रहरीको बुझाई छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले आतंक सिर्जना गर्ने र गुण्डागर्दी गर्ने समूहविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए। यसका लागि अपराध अनुसन्धान कार्यालयले आपराधिक गतिविधिमा संलग्न समूहको पहिचान गर्दै विशेष टोली बनाएर अप्रेसन सुरु गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
आज पानी पर्ने सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
झापाका ३ ठाउँमा आगलागी
काठमाडौं। झापाका विभिन्न स्थानमा आइतबार भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल जलेर...
निर्वाचन आयोगको निर्देशन- धनुषा- १ को मत परिणाम घोषणा नगर्नू
जनकपुरधाम। निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्देशन...
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
काठमाडौँ। भदौ २ र २४ मा घटेको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ ।...




