बिहिबार, माघ २४, २०८१
English
Follow us:

सामाजिक सञ्जालमा आतंक मच्चाउने ७ जना पक्राउ

सामाजिक सञ्जालमा आतंक मच्चाउने ७ जना पक्राउ

  • खबर सेवा

  • बिहिबार, माघ २४, २०८१

  • 64
    SHARES
सामाजिक सञ्जालमा आतंक मच्चाउने ७ जना पक्राउ

काठमाडौँ। सामाजिक सञ्जालमार्फत पीडितलाई आतंकित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेको, समाजमा अशान्ति फैलाएको र आपराधिक क्रियाकलापपछि उल्टै पीडितलाई डर त्रासमा पारेको भन्दै अप्रेसन सुरु गरेको हो।

यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ, गोपाल मोक्तान र गुणबहादुर गुरुङ रहेका छन्। उनीहरुले ग्याङ देखाएर तरबार तथा हतियार प्रदर्शन गर्दै तरबारले केक काटेका भिडिओ टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। यस्ता घटनाले समाजमा अशान्ति फैलिने प्रहरीको बुझाई छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले आतंक सिर्जना गर्ने र गुण्डागर्दी गर्ने समूहविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए। यसका लागि अपराध अनुसन्धान कार्यालयले आपराधिक गतिविधिमा संलग्न समूहको पहिचान गर्दै विशेष टोली बनाएर अप्रेसन सुरु गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology