औपचारिकरूपमै सडक संघर्षमा एमाले
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो ।
बैठकले अध्यक्ष आम जनसमुदाय र नागरिक समाजको दृढताका साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने, आज प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने लगायतका निर्णय गरेको एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।
नेता बस्नेतका अनुसार यी हुन् बैठकले गरेका चार निर्णय :
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी ९ऋम्इ० कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
ओली टिचिङ अस्पतालमा भर्ना
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...
ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...
ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...
ओली पनि नियन्त्रणमा
काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।...




