अर्थ

नेप्से सुचक ओरालो

काठमाडौँ। आइतबार र सोमबार नेप्से सूचक बढेको थियो भने मंगलबार, बुधबार र आज बिहीबार नेप्से सूचक घट्न पुग्यो। तीन दिनको ओरालोसहित बजार यो साताका लागि बन्द हुँदा समग्रमा नेप्से सूचक ४२ अंकले मात्रै बढेको छ। यो साता सेयरबजार परिसूचक नेप्से २६५७.७७ अंकबाट सुरु भएर अन्तिम दिन २६९९.८१ अंकमा बन्द भएको हो।

योबीचमा पहिलो कारोबार दिन आइतबार सूचक ६९ अंकले बढ्यो भने सोमबार २.४१ प्रतिशतले बढ्यो। त्यसपछिका दिनमा भने सूचक निरन्तर घट्दा बजारले अपेक्षित उचाइ लिन सकेन। अन्तिम कारोबार दिन बिहीबारसम्म आइपुग्दा नेप्से सूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ। यो साता अधिकतम २७६४ सम्म पुगेको नेप्से न्यूनतम २६६२ सम्म ओर्लिएको थियो।

बिहीबार पनि सूचक ११।६४ अंकले घटेको हो। योबीचमा कारोबार रकम पनि अधिकतम १२ अर्ब ७७ करोड र न्यूनतममा ८ अर्ब ८२ करोडसम्मको कारोबार भयो। बिहीबार भने लगानीकर्ताले ९ अर्ब २४ करोडको कारोबार गरेका छन्।

बिहीबार कारोबारमा आएका ३१५ वटा कम्पनीमध्ये ७४ वटा कम्पनीको मूल्य बढ्दा १६० वटा कम्पनीको मूल्य घटेको छ। जसमा अपर लोहोरे खोलाको मूल्यमा पोजिटिभ सर्किट लाग्दा उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा नेगेटिभ सर्किट लागेको हो।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...