![रविलाई रिहा हुन चितवन अदालतले माग्यो ५४ करोड](https://khabarsewa.com/wp-content/uploads/2023/01/rabi-lamichhane.jpg)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न ५४ लाख रुपैयाँ धरौटी मागेको छ। सहारा चितवन सहकारी ठगीको अभियोगमा रिहा हुन अदालतले सोही रकम वा बैंक ग्यारेन्टी खोजेको हो।
न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन्। बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो।