अर्थ

कालिमाटीमा कति छ आज तरकारीको भाउ?

काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (शुक्रबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

आज पनि कालिमाटीमा आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा २०, ठूलो भारतीय गोलभेँडा ५५, तराईको गाँजर २०, बन्दा र काउली १२, सेतो मुला २५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा २५, मटरकोशा ४५, करेला १०५, फर्सी ४५, भिन्डी ९५, स्कुस ३५, रायोको साग १२, कन्य च्याउ ८५, डल्ले च्याउ ३२६ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो तराईको सानो लोकल गोलभेँडा १७, भारतीय सानो गोलभेँडा २७, रातो आलु ३४, भारतीय रातो आलु ३२, तराईको गाँजर २०, लोकल बन्दा १५, तराईको बन्दा १०, स्थानीय काउली १२, तराईको काउली १२, सेतो मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी लाम्चो भन्टा २५, मटरकोसा ४५, घिउसिमी ७५, करेला १०५, लौका र पाकेको फर्सी ४५, हरियो फर्सी १५, भिन्डी ९५, रायोको साग १२, कन्य च्याउ ८१, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...