भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
शनिबार पछिल्लो घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले दुवै दिनका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने बताएको हो।
पार्टीका प्रवक्ता देवराज चालिसेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै दिनका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्छ, त्यसमा कांग्रेसको पूर्ण साथ रहन्छ।’
कांग्रेसले भदौ २४ गतेको घटनालाई सरकार र छानबिन आयोगले नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ। ‘भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
घटनाको अनुसन्धान र अभियोजन पारदर्शी, निष्पक्ष र विधिसम्मत ढंगले अगाडि बढाउनुपर्ने कांग्रेसले औंल्याएको छ। आवेग र उत्तेजनामा आएर नभई स्थापित कानुनी प्रक्रिया बमोजिम दोषीहरूलाई दायरामा ल्याउनुपर्ने पार्टीको धारणा छ।
यसैगरी, पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनप्रति कांग्रेसले प्रश्न उठाएको छ। प्रतिवेदनले भदौ २३ को घटनालाई विस्तृत रूपमा हेरे पनि २४ गतेको विध्वंसलाई बेवास्ता गरेको भन्दै कांग्रेसले यसलाई प्रथम दृष्टिमै विधिको शासनविपरीत र त्रुटिपूर्ण भनी टिप्पणी गरेको छ।
२४ गतेको घटनाको सन्दर्भमा छानबिन गर्न नभ्याएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै कांग्रेसले यो प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको दाबी गरेको छ।
आयोगको यस्तो कार्यशैलीले सर्वोच्च अदालतले गौरीबहादुर कार्कीको निष्पक्षतामाथि उठाएको प्रश्नलाई समेत थप बल पुगेको कांग्रेसले बताएको छ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको...
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कानुनी प्रक्रियाको पालना गर्दै गतिविधि अघि बढाउन सरकारलाई खबरदारी गरेको छ । काठमाडौं। नेकपा...
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी...
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...




