खेलकुद

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौँ। भ्यालेन्सियालाई हराउँदै क्याटलान क्लब बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको क्वार्टरफाइनलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–० को फराकिलो अन्तरले जित्दै अन्तिम चारमा स्थान बनाएको हो।

बार्सिलोनाका लागि फेरान टोरेसले ह्याट्रिक गरे। फर्मिन लोपेज र लमिन यमालले एकरएक गोल गरे। खेलको पहिलो हाफमै ४–० को अग्रता बनाएको बार्साले दोस्रो हाफमा एक गोल मात्र थप्यो। फेरान टोरेसले खेलको तेस्रो मिनेटमै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले १७ र ३०औँ मिनेटमा गोल थप्दै पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे।

खेलको २३औँ मिनेटमा पेड्रीको पासमा फर्मिन लोपेजले बार्सिलोनाको अग्रता फराकिलो पारे। लामिन ले ५९औँ मिनेटमा राफिन्हाको पासमा गोल गर्दै टोलीलाई ५–० को अवस्थामा ल्याए। गएराति नै भएको अर्को क्वार्टरफाइन्लमा रियल सोसिडाडले ओसासुनालाई २–० ले हराउँदै सेमिफाइनलमा पुगेको छ।

योसँगै कोपा डेल रे को सेमिफाइनल समिकरण पूरा भएको छ। यसअघि रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...