अर्थ

बढ्यो नेप्से

काठमाडौँ। यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ ।

यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घट्यो । आइतबार बजार ६९ अंकले उक्लियो । सोमबार २।४१ अंकले मात्रै बढ्यो । सोमबार परिसूचक २७३० बिन्दुमा पुगेको थियो ।
त्यसपछिका ३ दिन बजार सामान्य अंकले ओरालो लाग्यो । मंगलबार १४ अंकले घट्दा परिसूचक २७१५ बिन्दुमा पुगेर रोकिएको थियो । त्यसपछि बुधबार ४ अंकको गिरावट आयो भने बिहीबार ११ अंकले बजार घट्यो । यो सातामा परिसूचक २७६४ को उच्च बिन्दुमा उक्लियो भने २६३४ को न्यून बिन्दुसम्म आयो ।

कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो । आइतबार १२ अर्ब ७५ करोडको कारोबार भएको थियो । सोमबार ११ अर्ब ७१ अर्बको कारोबार भयो भने मंगलबार ८ अर्ब ८२ करोडमा झर्‍यो ।

बुधबार ८ अर्ब ८५ करोडको कारोबार भएको थियो भने हिजो, बिहीबार बढेर ९ अर्ब ९५ लाखको कारोबार भयो ।

सम्बन्धित समाचार

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...