Breaking News

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कानुनी प्रक्रियाको पालना गर्दै गतिविधि अघि बढाउन सरकारलाई खबरदारी गरेको छ ।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउका सन्दर्भमा विज्ञप्ति प्रकाशित गर्दै नेकपाले यस्तो खबरदारी गरेको हो ।

पार्टी कार्यालयकातर्फबाट नेता गणेश पुनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ,” कार्कीको आयोगको प्रतिवेदन कार्यान्वयन सन्दर्भमा सरकारले चालेको कदममा हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् भन्ने आग्रह गर्छ ।,”

सरकारबाट राजनीतिक पूर्वाग्रह र द्वन्द्व सिर्जना गर्ने काम हुन नहुने नेकपाको भनाइ छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै ओली र लेखकलाई आज बिहान पक्राउ गरेको थियो ।

उनीहरुलाई फौजदारी अभियोगमा कारबाही सिफारिस भएपछि सरकारले पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने

सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने

काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको...

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी...

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न...

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार गरेको छ । लाठी...