समाचार

जो एक लाख धरौटी बुझाउन नसकेर जेल चलान भए

काठमाडौँ । हामीले करोडौ धरौटी बुझाएर हिरासतबाट रिहा भएको खबर सुनेका छौँ। बिहीबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने चितवन जिल्ला अदालतलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। उनले हालसम्म २ करोडभन्दा बढी धरौटी बुझाइसके।

बैंक ग्यारेन्टी बुझाएर उनी ४ अदालतबाट धरौटीमै रिहा भएका छन्। उनी एक उदाहरण मात्रै हुन्। दैनिक करोडौ धर्राटी बुझाउने छन्। तर आज एक अभियोगकर्ता भने एक लाख धरौटी बुझाउन नसकेर रिहा हुनबाट बञ्चित भएका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरमा कुटेको अभियोगमा ४ जनालाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको थियो। जसमा एक व्यक्ति एक लाख धरौटी रिहा हुन सकेका छैनन्। ती हुन्, प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन्। उनले धरौटी रकम बुझाउन नसक्दा अन्य प्रतिवादीसँग छुट्न सकेका छैनन्।

उनीहरूमाथि ज्यान मुद्दा लगाइएको थियो। प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन्।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले बताए।

सम्बन्धित समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाले कोशी, बागमती,...

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...