काठमाडौैंका यी स्थानमा आज जानेछ वत्ती
काठमाडौं। काठमाडौंको विभिन्न स्थानमा शनिबार बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो।
बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। त्यहाँ सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान १ घन्टा विद्युत अवरूद्ध हुने भएको हो।
बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। त्यहाँ पनि सडक चौडा र गर्न र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्न मुलपानीचौर , थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
ताजा अपडेट
-
१.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
२.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
३.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
-
४.
सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
-
५.
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ट्रेन्डिङ
सम्बन्धित समाचार
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...
सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ ।...
नयाँ मन्त्रीलाई सरकारी आवास समस्या
काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम धमाधम आइरहेको छ । अबको केही दिनमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने...




